चालु खाता बचत ८ खर्ब नाघ्यो, शोधनान्तर स्थिति ९ खर्ब २६ अर्बमा

३० असार २०८३, मंगलवार १६:०२

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा चालु खाता ८ खर्ब ०२ अर्ब ६ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५३ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १७ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर रु.८ अर्ब ९६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा २२ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ११ अर्ब ७ करोड रहेको थियो ।

यसअवधिमा शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेकोशोधनान्तर स्थिति समीक्षा अवधिमा ६ अर्ब ३९ करोडले बचतमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*