नाइमा एक्स्पोमा एथरको आकर्षक अफर, फोटो खिचेरै जित्न सकिने छ नयाँ स्कुटर

२० श्रावण २०८३, बुधबार १७:०२

कम्पनीका अनुसार अभियानअन्तर्गत एक भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन्। गत वर्ष पनि सञ्चालन गरिएको यही अभियानबाट सालिकराम कंडेलले एथर रिज्टा जितेका थिए। सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कम्पनीले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएको जनाएको छ।

मेगा गिभअवेमा सहभागी हुन इच्छुकले चार चरण पूरा गर्नुपर्नेछ। सहभागीले एथर इनर्जी नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेज फलो गर्नुपर्नेछ। त्यसपछि नाइमा मोबिलिटी एक्स्पोको हल ‘सी’स्थित स्टल ‘सी२’मा रहेको एथर स्टलमा पुगेर एथर स्कुटरसँग आकर्षक फोटो खिच्नुपर्नेछ।

खिचिएको फोटो आफ्नै सामाजिक सञ्जालमा पोस्ट गर्दै एथर इनर्जी नेपाललाई ट्याग गर्नुपर्नेछ। साथै पोस्टमा आफ्ना दुई जना साथीलाई पनि ट्याग गर्नुपर्ने कम्पनीले जनाएको छ।

यी चारवटै चरण पूरा गर्ने सहभागी स्वतः लक्की ड्रमा समावेश हुनेछन्। लक्की ड्रमार्फत एक विजेतालाई नयाँ एथर स्कुटर प्रदान गरिने कम्पनीले जनाएको छ।

नाइमा मोबिलिटी एक्स्पो अगस्ट ११ देखि १६ सम्म सञ्चालन हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*