एनपीएल विस्तार गर्न आठ शहरमा क्रिकेट रंगशाला बनाइने, तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य

९ कार्तिक २०८३, सोमबार १२:५९

काठमाडौं । नेपाली क्रिकेटको घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। यसैबीच सरकारले एनपीएललाई देशभर विस्तार गर्ने लक्ष्यसहित आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाएको जनाएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको हो। प्रस्तावित रंगशालामा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक अटाउने क्षमता रहनेछ।

मन्त्री लम्सालले तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिँदै यस योजनाले नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। उनले क्रिकेट संघ (क्यान)लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*