रास्वपाका सांसदको समाचार लेखेको आरोपमा पत्रकार श्रेष्ठ पक्राउ

२७ श्रावण २०८३, बुधबार २२:२१

काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले आज साँझ ललितपुरबाट पक्राउ गरेको छ । प्रेस स्वतन्त्रताको धज्जी उडाउँदै सरकारले सत्ताधारी दल रास्वपाका सांसदको चुम्बन सम्बन्धी समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठलाई पक्राउ गरेको हो ।

जनआस्थामा केही दिन पहिले रास्वपाको तर्फबाट सप्तरी क्षेत्र नं ३ बाट निर्वाचत सांसद अमरकान्त चौधरीले एक युवतीसँग चुम्बन गर्दैै गरेको फोटो र निजको नैतिकताबारे समाचार प्रकाशित गरेका थिए ।

प्रहरीका अनुसार सांसद अमरकान्त चौधरी आफैले उजुरी दर्ता गराएपछि प्रहरीले आज श्रेष्ठलाई पक्राउ गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*