शिवम सिमेन्टले एक वर्षमा कमायो ७८ करोड ४४ लाख रुपैयाँ नाफा, अन्य वित्तीय सूचक कस्ता ?

२८ श्रावण २०८३, बिहीबार ०९:२०

काठमाडौं । नेपाली सिमेन्ट उद्योगको अग्रणी कम्पनी शिवम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा र आम्दानीमा अघिल्लो वर्षको तुलनामा केही संकुचन देखिएको छ।

कम्पनीले गत आर्थिक वर्षमा ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा केही कम हो। अघिल्लो वर्ष कम्पनीले ७९ करोड ८१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

विशेषगरी सञ्चालन आम्दानीमा आएको गिरावटले खुद नाफामा केही असर पारेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ६ अर्ब ९२ करोड २६ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो वर्ष ७ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ थियो।

कम्पनीको चुक्ता पुँजीमा भने वृद्धि भएको छ। अघिल्लो वर्ष ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको चुक्ता पुँजी बढेर ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ पुगेको छ। पुँजी बढे पनि नाफामा आएको सामान्य गिरावटका कारण प्रतिशेयर आम्दानी (ईपीएस) मा केही कमी आएको छ। अघिल्लो वर्ष प्रतिशेयर आम्दानी १४.६३ रुपैयाँ रहेकोमा गत वर्ष यो १४.०३ रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८८.७६ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*