‘हायर पर्चेज कर्जामा युवाको आकर्षण बढ्यो, ६०% ऋणी ४० वर्षमुनिका’

काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख बजार प्रवद्र्धक राज अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिईरहेको बताएका छन् ।
विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ कार्यक्रममा उनले यस्तो बताएका हुन्
उनले पहिला गाडी किन्ने औसत उमेर ४३ भएपनि अहिले भने कम रहेको बताएका हून्। उनले भने, “अहिले ६० प्रतिशत ऋण लिने ४० वर्ष उमेर भन्दा कमका छन् । त्यसमा पनि महिला हरु बढी छन् ।”
सबैभन्दा बढी काठमाडौं नै भएपनि कर्जा विकेन्द्रीकृत हुँदै गएको उनको भनाइ छ । उनले भने, “काठमाडौं बाहिरका सहर हरुमा पनि बजार विस्तार गर्दै गएको छौं ।”
स्थिर आम्दानीको स्रोत भएको र उमेर पुग्ने विद्यार्थीले गाडी चड्न सक्ने उनले बताए ।
हायर प्रचेज कम्पनीलाई कर्जा दिए पछि बैंकलाई पनि सहज हुने उनको भनाइ छ । यसले गर्दा बैंकहरुको जोखिम पनि पास हुने उनले बताए ।
सबै डकुमेन्ट पूरा गरेको भए बैंकहरुले अर्को दिन नै कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।
गाडीको लोन टी भ्यालु रसियो हुने भएकोले कागज पूरा भएपछि कर्जा प्रवाह गर्न समस्या नहुने उनले बताएका हुन् ।
आधार दरमा केही प्रतिशत प्रिमियम थपेर बैंकहरुले कर्जा प्रवाह गर्ने गरेको उनको भनाइ छ ।











