पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
२८ श्रावण २०८३, बिहीबार १८:४१

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
श्रेष्ठलाई म्याद थपका लागि बिहीबार अदालतमा पेस गरिएको थियो। अदालतको आदेशपछि उनलाई थप तीन दिन हिरासतमा राखिने भएको छ।











