सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?
३१ श्रावण २०८३, आईतवार १०:४७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ।











