आज सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?

१ भाद्र २०८३, सोमबार १०:४९

काठमाडौं । आज भदौ १ गते नेपाली बजारमा सुनचाँदीकै भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा एकैचोटी ६० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ ४ हजार ७७० रुपैयाँ प्रतितोला कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा किनबेच भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*