जेलमा रहेका आफन्त छुटाइदिने भन्दै रकम असुल्ने ‘बिचौलिया’ पक्राउ

३ भाद्र २०८३, बुधबार १५:५१

काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क र सम्बन्ध रहेको दाबी गर्दै थुनामा रहेका व्यक्तिका आफन्तलाई मुद्दा मिलाइदिने र थुनामुक्त गराइदिने आश्वासन दिएर रकम असुल्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई हाल ललितपुर बस्दै आएका ५४ वर्षीय जितबहादुर घले रहेका छन् ।

प्रहरीका अनुसार घलेले आफू उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्कमा रहेको भन्दै कारागारमा थुनामा रहेका व्यक्तिका आफन्तजनलाई उनीहरूको मुद्दा मिलाइदिने तथा थुनामुक्त गराइदिने आश्वासन दिने गरेका थिए । सोही बहानामा उनले आफन्तबाट रकम असुल्नुका साथै उनीहरूलाई दुःख–हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घलेलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*