वालेन्द्र शाहसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

३ भाद्र २०८३, बुधबार १७:१३

काठमाडौँ । वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित मुख्य काम तथा अपेक्षित उपलब्धिलाई समेटिएको छ । सम्झौताले चालु आर्थिक वर्षमा मन्त्रालयहरूले प्राथमिकताका साथ अघि बढाउने कार्यक्रम र हासिल गर्नुपर्ने नतिजालाई स्पष्ट गर्ने जनाइएको छ ।

यसैबीच, बुधबार नै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*