ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब मासिक ५ हजार बढ्यो

३ भाद्र २०८३, बुधबार १८:०५

काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलबसमेत बढाउने निर्णय गरेको छ। अब माध्यमिक तहमा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र आधारभूत तहमा कार्यरत शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*