काठमाडौंमा नाङ्गा तार हटाएर कभर तार जडान गरिंदै
४ भाद्र २०८३, बिहीबार ११:३३

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लु चौतारा क्षेत्रमा लामो समयदेखि देखिएको विद्युत् सुरक्षासम्बन्धी समस्या समाधान गरिएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।
स्थानीय बासिन्दाको पहल तथा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयको समन्वयमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी जोखिमयुक्त नाङ्गा विद्युत् तार हटाएर सुरक्षित कभर तार जडान गरिएको हो।
त्यस्तै डल्लु पुल नजिक विद्युत् तारमा छोएको र भविष्यमा विद्युत् दुर्घटनाको जोखिम निम्त्याउन सक्ने रुखसमेत काठमाडौं महानगरपालिकासँगको समन्वयमा हटाइएको छ। मन्त्री श्रेष्ठले स्थानीय बासिन्दाको सुरक्षा तथा सम्भावित विद्युत् दुर्घटना न्यूनीकरणका लागि जोखिमयुक्त तार हटाइएको बताएका छन्।









