मैले कमाएको एक-एक रुपैयाँ शुद्ध छ, ८० लाख लगानीकर्ताहरूले स्रोत देखाउन सक्छन् ?: दीपेन्द्र अग्रवाल

४ भाद्र २०८३, बिहीबार ११:३६

काठमाडौँ । शेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा जोडिएका केही साझेदारको बैंक खाता रोक्का भएपछि अग्रवालले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्।

सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाएको, झुटो कारोबार गरेको तथा मूल्य प्रभावित पारेको आरोपमा अग्रवालमाथि अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा उनीसँगै परिवारका सदस्य र कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको हो।

खाता रोक्का भएपछि अग्रवालले फेसबुकमा स्टाटस लेख्दै आफूले आर्जन गरेको रकम वैध स्रोतबाट आएको दाबी गरेका छन्। उनले लेखेका छन्, “मैले कमाएको एक एक रुपैयाँ शुद्ध छ र वैध स्रोतबाट आय आर्जन गरिएको छ । मसँग त हरेक रुपैयाँ कमाएको प्रमाण पनि छ तर यदि ८० लाख लगानीकर्ताहरूसँग बजारमा लगानी गरेको स्रोत खोजियो भने कति जनाले आफ्नो स्रोत देखाउन सक्छन् ?”

अग्रवालले आफूले कमाएको प्रत्येक रुपैयाँको स्रोत र प्रमाण आफूसँग रहेको दाबी गर्दै बजारमा लगानी गर्ने अन्य लगानीकर्ताको लगानीको स्रोतसमेत खोज्ने हो भने त्यसको अवस्था कस्तो हुन्छ भन्ने प्रश्न गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*