रसुवामा पहिरोले ११ घरगोठमा क्षति पुर्‍याउँदा साढे २९ लाख बराबरको क्षति

७ भाद्र २०८३, आईतवार ०७:४५

काठमाडौं । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका –०१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण र आंशिक क्षति पुर्‍याएको छ ।

शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठमा क्षति पुगेको हो । उक्त पहिरोबाट ६५ जना विस्थापित भएका छन् । उक्त पहिरोबाट कुनै मानवीय क्षति भने भएको छैन ।

पहिरोबाट पशुचौपाय तथा घरगोठ आंशिक तथा पूर्ण रुपमा क्षति हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*