बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
७ भाद्र २०८३, आईतवार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । १० ग्राम सुनको मूल्य आज दुई लाख ७३ हजार ९२० रुपैयाँ पुगेको हो ।
यता, चाँदीको मूल्य भने तोला १० रुपैयाँले घटेर आज प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको हो ।









