मुक्तिनाथ पुगेर काठमाडौं फर्केका बालेन पोखरामा, पर्यटन मन्त्री पौडेलको मझेरी रिसोर्टमा बास

७ भाद्र २०८३, आईतवार २३:२५

काठमाडौं । मुक्तिनाथको दर्शन गर्न निजि भ्रमणमा निस्केका बालेन्द्र शाह आज काठमाडौं फर्कने क्रममा पोखरास्थित मझेरी मञ्जिल रिसोर्टमा बास बसेका छन् । आफैले गाडी चलाएर सपरिवार मुक्तिनाथ दर्शन गर्न गत शुक्रबार काठमाडौंबाट हिडेका प्रधानमन्त्री आज विहानै काठमाडौंतर्फ प्रस्थान गरेकोमा पोखरा आईपुगेर त्यहाँ बास बसेका हुन् ।

स्रोतका अनुसार बालेन्द्र शाह पर्यटन मन्त्री गनेश पौडेलको लगानी रहेको मझेरी मञ्जिल रिसोर्टमा बास बसेका छन् । पोखरास्थित सुरक्षास्रोतले बालेन आज पोखरामै रहेको जनाएको छ । पोखराको स्थानीय सञ्चार माध्यम गण्डकीन्यूजले समेत बालेन्द्र शाह बसेको होटलको फोटो समेत प्रकाशित गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पोखरा उपमहानगपालिका वडा नं १४ मा रहेको सो रिसोर्ट पर्यटन मन्त्री पौडेलले निजि हो । आजको पोखरा बसाईको क्रममा महत्वपूर्ण भेटवार्ता हुनसक्ने वा हुँदैन केही उल्लेख छैन ।

उता, सो रिसोर्टमा बालेनको गाडी प्रवेश गरेसँगै तस्विर खिच्न पुगेका पत्रकार सुरेश सुनारको भिडियो नेपाली सेनाले बलपूर्वक डिलिट गरिदिएको छ । मेरो साथी टिभीमा आबद्ध सुनारलाई नेपाली सेनाले गाडीमार्फत आएर बन्दुक देखाएर फोटो डिलिट गर्न लगाएको बताइएको छ ।

मुक्तिनाथ जाने क्रममा शुक्रबार पोखराकै अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका बालेन्द्र शाह आज पर्यटन मन्त्री पौडेलको रिसोर्टमा बास बसेका हुन् । बालेन शाहको साथमा सल्लाहकार कुमार बेन, मन्त्री गनेश पौडेल सहभागी रहेको पोखराका स्थानीयबासी, जसले बालेनसँग शुक्रबार भनेका थिए, उनीहरुले जानकारी दिएका छन् । स्थानीयबासीले अस्ताम शुक्रबार भेटेर इको टुरिजमको विकासको लागि थप पहल गर्न माग गरेका थिए ।

प्रधानमन्त्री भोलि सोमबार विहानै काठमाडौं आउने कार्यक्रम रहेको छ ।

तस्विर सौजन्यः गण्डकी न्यूज

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*