हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी

८ भाद्र २०८३, सोमबार १०:४१

काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा सोमबार राति आगलागी भएको छ। राति करिब १ बजेको समयमा कार्यालयको भवनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रहरीका अनुसार गाउँपालिका भवनको लेखा शाखाअन्तर्गत रहेको स्टोरबाट आगो फैलिएको थियो। विद्युत्को तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा बिहान ३ बजेर ४५ मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट स्टोरमा रहेका चार थान काठका र्‍याक, एक थान सुत्ने खाट, एक थान टेबल र एक थान सोलार ब्याट्री जलेर नष्ट भएका छन्। घटनाबाट भएको थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*