बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात

९ भाद्र २०८३, मंगलवार १४:२८

काठमाडौं । बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात भएको छ।

प्रहरीले जनचेतना जगाउँदै जथाभावी बाटो नकाट्न र आकाशे पुलबाट मात्र बाटो काट्न भनेपछि एकजना युवकले आक्रोशित भएर ट्राफिक प्रहरीमाथि नै हातपात गरेका छन् ।

प्रहरीलाई हातपात गर्ने जुम्ला घर भएका २७ वर्षीय राज कठायत रहेको खुलेको छ। उनलाई सर्वसाधारण समेतको सहायतामा प्रहरीले तत्कालै पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*