नाडा अटो शोमा सुजुकीको विशेष अफर, २ लाखसम्मको नगद छुट पाउने अवसर

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ ग्राहक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले सुजुकीका विभिन्न मोडल खरिद गर्दा १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा प्राप्त गर्न सक्नेछन् ।
मोडलअनुसार फरक–फरक सुविधा उपलब्ध हुने यो योजना देशभरका सुजुकी शोरुममा लागू हुनेछ । योजनामा अल्टो के १०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ईभिटारासहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ । योजना २०८३ साउन २७ गतेदेखि मंसिर १५ गतेसम्म अर्थात् सन् २०२६ अगस्ट १२ देखि डिसेम्बर १ सम्म सञ्चालन हुनेछ ।
यसैबीच, काठमाडौंमा जारी नाडा अटो शो २०२६ मा सुजुकीले ग्राहकका लागि थप आकर्षक अफर ल्याएको छ । सुजुकी प्याभिलियनमा छानिएका मोडल बुकिङ गर्ने ग्राहकले ‘स्क्र्याच एन्ड विन’ अफरमार्फत २ लाख रुपैयाँसम्मको पुरस्कार जित्न सक्नेछन् ।
नाडा अटो शोमा सुजुकीको नयाँ ब्रेजा पनि नेपाली बजारमा पहिलोपटक सार्वजनिक गरिएको छ । प्रदर्शनीको छ दिनसम्म ब्रेजालाई सुजुकी प्याभिलियनमा राखिनेछ, जहाँ आगन्तुकले गाडीलाई नजिकबाट अवलोकन गर्नुका साथै भित्र बसेर यसको नयाँ पावरट्रेन, फिचर र सुरक्षा प्रणालीबारे सुजुकीका प्रडक्ट विशेषज्ञबाट जानकारी लिन सक्नेछन् ।
नयाँ ब्रेजासहित सुजुकीको सम्पूर्ण लाइनअप भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अवलोकन गर्न सकिनेछ । नाडा अटो शो यस वर्ष नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ वार्षिकोत्सवका अवसरमा ‘गोल्डेन जुबिली संस्करण’का रूपमा आयोजना भइरहेको छ ।
सुजुकीले विद्युतीय सवारीतर्फ पनि ग्राहकलाई विशेष सुविधा दिएको छ । हाल सञ्चालनमा रहेको ‘ईभिटारा फर्स्ट १०० युनिट प्रमोशनल स्किम’ छुट्टै अफरका रूपमा जारी रहनेछ । पहिलो १०० युनिट बिक्री भएपछि सुजुकी पर्वोत्सवअन्तर्गतका मोडलअनुसारका सुविधा ईभिटारामा पनि लागू हुनेछन् ।
ईभिटारा खरिद गर्ने ग्राहकले सवारीसँगै उपलब्ध हुने ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । होम चार्जर जडान भने ग्राहकको परिसरमा सम्भाव्यता रहेको अवस्थामा मात्र गरिनेछ ।
सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले सम्भावित ग्राहकलाई नजिकैको आधिकारिक सुजुकी डिलरसिप तथा विशेषगरी अगस्ट २५ देखि ३० सम्म सञ्चालन हुने नाडा अटो शोमा सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार प्रदर्शनीमा ग्राहकले मोडलअनुसारका सुविधा र सीमित अवधिका अफरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।









