रसुवाको टिमुरे र स्याप्रुबेँसीमा भीषण बाढी, थप विवरण आउन बाँकी

काठमाडौं । रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षापछि ठूलो बाढी आएको छ। केही घण्टाअघि आएको बाढीका कारण स्थानीय क्षेत्रमा जोखिम बढेको छ।
बाढीपछि सम्भावित क्षति तथा प्रभावितको अवस्थाबारे जानकारी लिन र आवश्यक खोज तथा उद्धार कार्य अघि बढाउन सरकारी निकायबीच समन्वय भइरहेको छ।
भन्सार कार्यालय तथा मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसालसहित अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्वले आवश्यक समन्वय गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ।
सरकारी निकायहरूबीच उद्धार, राहत तथा सम्भावित क्षतिको विवरण संकलनलगायतका काममा आवश्यक सहजीकरण भइरहेको बताइएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी छ।









