रसुवामा बाढीको वितण्डा : जलविद्युत् केन्द्रदेखि २२० केभी सबस्टेसनसम्म क्षतिग्रस्त

काठमाडौँ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनमा अपूरणीय क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गर्न आग्रह गरिएको छ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भएकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका राष्ट्रसेवक, प्राधिकरणका कर्मचारी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। थप जोखिम देखिएमा सुरक्षित स्थानतर्फ स्थानान्तरण हुनसमेत आग्रह गरिएको छ।










