रसुवागढी भन्सारको संरचना पूर्णरूपमा क्षतिग्रस्त, यार्डमा राखिएका सवारी बगायो

१० भाद्र २०८३, बुधबार १२:०८

काठमाडौँ ।  तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण भन्सार परिसरमा रहेका संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार घटनापछि भन्सारमा कार्यरत कर्मचारीको अवस्थाबारे विवरण संकलन गर्ने प्रयास भइरहेको छ। बाढीको जोखिमबाट जोगिन केही कर्मचारीले आफ्नो मोबाइल फोन तथा अन्य सामान छाडेर सुरक्षित स्थानतर्फ लागेकाले उनीहरूसँग तत्काल सम्पर्क हुन नसकेको बताइएको छ।

घटनाको विस्तृत विवरण संकलन गर्न केही समय लाग्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। रसुवागढी भन्सार कार्यालयमा कुल ३६ जनाको दरबन्दी रहेकोमा घटनाका बेला दुई जना कर्मचारी बिदामा रहेको सचिवालयले जानकारी दिएको छ।

बाढीले भन्सारको यार्डमा राखिएका सबै सवारीसाधनसमेत बगाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*