हिमपहिरोपछि बनेको ताल अझै खुलेन, भोटेकोसी–त्रिशूलीमा बाढीको जोखिम कायमै

१० भाद्र २०८३, बुधबार १३:५५

काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।

नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बाढीसम्बन्धी सूचना जारी गर्दै नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जानकारी दिएको हो ।

बुधबार दिउँसो १ः३५ बजे जारी गरिएको सूचनामा अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

नदी थुनिएको स्थानमा पानीको बहावमा हुन सक्ने परिवर्तनका कारण तल्लो तटीय क्षेत्रमा जोखिम कायम रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

चीनतर्फ हिमपहिरोपछि आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति पुर्‍याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*