उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ पुगे विमानस्थलमा
१० भाद्र २०८३, बुधबार १४:३५

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन् ।
उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ।









