यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय

१० भाद्र २०८३, बुधबार १५:२१

काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।

मन्त्री पोखरेलका अनुसार घाइतेहरूको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले आवश्यक व्यवस्था मिलाउनेछन् ।

त्यस्तै, बाढीका कारण बिचल्लीमा परेका तथा जोखिममा रहेका नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसहित आवश्यक सबै साधन प्रयोग गर्ने निर्णय सरकारले गरेको छ ।

बाढीबाट घरबास गुमाएकाहरूको व्यवस्थापन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिले गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*