सरकारी खरिदमा लापरबाही : ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

११ भाद्र २०८३, बिहीबार १०:२७

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ७ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

कार्यालयले भदौ १० गतेको निर्णयअनुसार उनीहरूलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार जगन्नाथ गाउँपालिकाको सिफारिसमा नेपालगन्जस्थित रमादेवी चौधरीको न्यू जेएमबी अर्डर एण्ड सप्लायर्स, राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सदर चिडियाखानाको सिफारिसमा काठमाडौं महानगरपालिका–१५ स्थित टंकप्रसाद धमलाको स्वयम्भु सप्लायर्स र मन्थली नगरपालिकाको सिफारिसमा रामेछापस्थित रत्नबहादुर नेवारको रत्न बिएस कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

त्यस्तै, जयपृथ्वी नगरपालिकाको सिफारिसमा कैलालीको धनगढीस्थित विक्रमबहादुर बुढाको बाल्दा पेट्रोकेमिकल प्रालि, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सिफारिसमा काठमाडौंको गैरिधारास्थित उमेशकुमार अग्रवालको बायोमेड इन्टरनेशनल प्रालि, बूढानीलकण्ठ नगरपालिकाको सिफारिसमा उदयपुरको चौदण्डीगढी–१० स्थित रबिन बस्नेत र मनोज बस्नेतको निश्मान इन्टरनेशनल प्रालि तथा शिखर नगरपालिकाको सिफारिसमा काठमाडौंको गोकर्णेश्वर–८ स्थित रविप्रकाश सिंहको जेडिएमआर बिल्डर्स प्रालिलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा राखिएका सबै निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । कार्यालयका अनुसार कालोसूचीमा राखिएको अवधिभर उनीहरू सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुनबाट प्रतिबन्धित हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*