रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १७७ पुग्यो

११ भाद्र २०८३, बिहीबार १२:१९

काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ।

नेपाल प्रहरीले दिएको भदौ ११ गतेको १० बजेसम्मको अद्यावधिक विवरण अनुसार १७७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा २ जना, नुवाकोटमा १२ जना, धादिङमा २७ जना, चितवनमा ६९ जना, गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ३२ जना र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*