रसुवा बाढीमा बेपत्ता भएकामध्ये २८९ जनाको शव फेला

११ भाद्र २०८३, बिहीबार १६:४१

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ।

दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव फेला परेको छ।

बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। खोजी कार्य अझै जारी रहेको छ।

बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। नदीले विभिन्न स्थानमा सडक, पुल तथा अन्य भौतिक संरचनासमेत बगाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*