एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग

१२ भाद्र २०८३, शुक्रबार ११:२४

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले नगद सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ ।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा नेपाल सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेवाई भदौ ११ गते उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

भदौ १० गते विहान भोटेकोशी नदीमा आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग जिल्ला लगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक एवं मानवीय क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*