तिब्बततर्फ ड्याम पुनः फुट्यो
१२ भाद्र २०८३, शुक्रबार ११:४८

काठमाडौं । तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।
प्रहरीले ड्याम फुटेसँगै थप जोखिम निम्तिन सक्ने भएकाले उद्धार तथा राहत कार्यमा खटिएका सबै सुरक्षाकर्मी र उद्धारकर्मीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
प्रहरीले सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानतर्फ जान तथा आसपासका सर्वसाधारणलाई समेत सुरक्षित स्थानमा जान जानकारी गराउन आग्रह गरेको छ।

यसअघि भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा तिब्बततर्फ ड्याम पुनः फुटेको सूचनाले थप सतर्कता आवश्यक देखिएको प्रहरीले जनाएको छ।









