बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै
१२ भाद्र २०८३, शुक्रबार १२:०९

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले बोलाएको मन्त्रिपरिषद् बैठक शुरु भएको छ। उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको हो।
रसुवाको भोटेकोशीमा यही १० गते आएको विनाशकारी बाढीका कारण भएको क्षति, उद्धार, राहत तथा पुनर्निर्माणका सन्दर्भमा आवश्यक र महत्त्वपूर्ण निर्णयहरू गर्न बैठक बोलाइएको हो।
बैठकमा बाढी प्रभावित क्षेत्रमा राहत कार्यलाई थप प्रभावकारी बनाउने र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ।









