प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब उद्धार कोषमा जम्मा गर्ने
१२ भाद्र २०८३, शुक्रबार १३:१९

काठमाडौं । प्रधानमन्त्री सहित मन्त्रीहरूले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति हुँदा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग रकम जम्मा भइरहेको छ ।
यसै क्रममा प्रधानमन्त्री सहित मन्त्रीहरूको पनि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।









