बाढीपहिरो पीडितलाई सर्भे शुल्कको ५० प्रतिशत सहयोग गर्ने निसा कोशी च्याप्टर सचिव नसीम अलीको घोषणा

१२ भाद्र २०८३, शुक्रबार १५:४५

काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) कोशी च्याप्टरका सचिव इन्जिनियर मोहम्मद नसीम अलीले हालैको बाढी तथा पहिरोबाट प्रभावित पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्।

अलीले बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा पीडितप्रति दुःख व्यक्त गरेका छन्। उनले विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले व्यक्तिगत रूपमा सहयोगको पहल गर्ने निर्णय गरेको बताएका हुन्।

उनले अबको अवधिमा बाढी तथा पहिरोसँग सम्बन्धित बीमा दाबीको सर्भे गरेबापत प्राप्त हुने सर्भे शुल्कमध्ये ५० प्रतिशत रकम पीडितहरूको सहयोगका लागि दान गर्ने निर्णय गरेको बताएका छन्।

अलीले यो सहयोगलाई पीडित परिवारप्रतिको सद्भाव, मानवता र सामाजिक जिम्मेवारीका रूपमा लिएको बताएका छन्। प्राकृतिक विपत्तिको कठिन अवस्थामा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*