रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ५४७ पुग्यो
१२ भाद्र २०८३, शुक्रबार १५:५९

काठमाडौं । भदौ १० गते तीब्बततर्फबाट आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ५४७ जना पुगेको छ। नेपाल प्रहरीले आज भदौ १२ गते दिउँसो ३ बजेसम्म दिएको विवरण अनुसार ५४७ शव फेला परेको हो।
प्रहरीका अनुसार चितवनमा २२१, पूर्वी नवलपरासीमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, पश्चिम नवलपरासीमा २८ र रसुवामा १३ वटा शव फेला परेको हो।









