गृहसचिवमा केदारनाथ शर्मा, राजकुमार श्रेष्ठको राजीनामा स्वीकृत
१२ भाद्र २०८३, शुक्रबार १७:४१

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव शर्मालाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।
यसअघि गृहसचिवको जिम्मेवारीमा रहेका राजकुमार श्रेष्ठको राजीनामा पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। श्रेष्ठले अनिवार्य अवकाश पाउन तीन दिन मात्रै बाँकी रहेको अवस्थामा पदबाट राजीनामा दिएका थिए।
मन्त्रिपरिषद्को निर्णयसँगै शर्मा गृह मन्त्रालयको नयाँ सचिव बनेका छन्।









