बाढीपीडित नेपालीका लागि अमेरिकाको ३६ लाख डलरभन्दा बढीको राहत घोषणा

१४ भाद्र २०८३, आईतवार १०:२७

काठमाडौँ ।  अमेरिकाले नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता उपलब्ध गराउने भएको छ। अमेरिकी विदेश मन्त्रालयले विपद्को समयमा नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै जीवनरक्षक सहयोग घोषणा गरेको हो।

विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सन्देशमा बाढीबाट प्रभावित नेपालीलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउने जानकारी दिएको छ।

घोषित सहयोगमार्फत बाढी प्रभावित करिब १० हजार घरपरिवारलाई तीन महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ। विपद्का कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त सहायता परिचालन गरिने मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*