५० टन राहत सामग्रीसहित ४ जना चिनियाँ सुरुङ उद्धार विज्ञ नेपालमा

१४ भाद्र २०८३, आईतवार १०:५३

काठमाडौं । चीनको पीएलए वायुसेनाको दुई वाई–२० कार्गाे विमानबाट राहत सामग्री सहित चार जना सुरुङ उद्धार विज्ञ काठमाडौं आइपुगेका छन्।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार आज आइतबार बिहान करीब ७ बजेको समयमा आपतकालीन सामग्रीसहित चिनियाँ विमान काठमाडौंमा अवतरण भएको हो।

त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड टङ्याक र प्राथमिक उपचार किटसहित १३ हजार २०० थान आपतकालीन राहत सामग्री सहितको ५० टन सामान सहित विमान नेपाल आइपुगेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*