बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा निरन्तर

१४ भाद्र २०८३, आईतवार १२:४६

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।

यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, दैनिक २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । टेलिकमले राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन उक्त सुविधा थप समय निरन्तरता दिने निर्णय गरेको हो ।

कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मतसम्भारका लागि कम्पनीका प्राविधिक टोली निरन्तर परिचालन भइरहेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अधिकांश क्षतिग्रस्त संरचना सुचारु भइसकेका छन् । बाँकी संरचना पनि सञ्चालनमा ल्याउन प्राविधिक टोली खटिरहेको कम्पनीले जनाएको छ ।

विपद्को समयमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधाले प्रभावित क्षेत्रका सेवाग्राहीलाई आफन्तजनसँग सम्पर्क कायम राख्न तथा राहत र उद्धारसम्बन्धी समन्वयमा सहयोग पुग्ने टेलिकमको विश्वास छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*