आज नुवाकोट र रसुवामा उच्च र अन्य २९ जिल्लामा बाढीको मध्य जोखिम

१५ भाद्र २०८३, सोमबार ०९:२३

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नुवाकोट र रसुवामा उच्च र अन्य २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने बताइएको छ।

यता नुवाकोट र रसुवा जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ। यता भदौ १० गते रसुवामा आएको बाढीपछि भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बाग्मती, कर्णाली र महाकाली र यिनका सहायक नदीहरू कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीको बहाब सतर्कता तहभन्दा तल रहेको महाशाखाले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*