बालेनले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिंदै

काठमाडौं । बालेन्द्र शाह (बालने) ले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुटै ब्रिफिङ लिने भएका छन्। उनले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निम्तिएको विपद र विपद व्यवस्थापनमा भइरहेको प्रगतिबारे ब्रिफिङ लिने भएका हुन्।
बालेन्द्र शाहले केही बेरअघि मात्रै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा विपद व्यवस्थापनबारे भइरहेको कार्यप्रगतिबारे ब्रिफिङ लिएका थिए। रक्षामन्त्री समेत रहेका बालेनले उद्धारका सबै बाँकी कामहरूलाई उच्च प्राथमिकताका साथ अघि बढाउन प्रधानसेनापतिलाई निर्देशन दिएका छन्।
साथै शाकले आजै नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने भएका हुन्।
छलफलका क्रममा बालेनले बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, घाइतेको निःशुल्क उपचार र राहत वितरणमा कुनै पनि कसर बाँकी नराख्न तथा सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिएका छन्।









