बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा बज्राचार्य, कार्यकारी निर्देशकमा शेर्पा

१५ भाद्र २०८३, सोमबार १६:२१

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बज्राचार्यलाई समितिको नेतृत्वको जिम्मेवारी दिएको हो।

मन्त्रालयले समितिको कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई नियुक्त गरेको छ। त्यसैगरी सदस्यहरूमा खेन्पो शेनाङ्ग ग्याम्जो तामाङ, विशाल लामा र रोशनकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

बौद्धनाथ क्षेत्र विकास समिति, विकास समिति ऐन, २०१३ को दफा ३ मा रहेको अधिकार प्रयोग गर्दै नेपाल सरकारले २०५३ सालमा गठन गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*