सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
१६ भाद्र २०८३, मंगलवार १०:५३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ६२ हजार ४३० रुपैयाँ तोकिएको हो ।
यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।









