भोटेकोशी र त्रिशूली बाढीः बीमा दाबी २५ अर्ब ८७ करोडभन्दा बढी,कुन कम्पनीमा कति ?

इन्जिनियरिङ तथा ठेकेदार बीमामा २० अर्बभन्दा बढी दाबी
१६ भाद्र २०८३, मंगलवार १४:२७

काठमाडौं । २०८३ भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न बीमा कम्पनीमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणमा २०८३ भदौ १५ गतेसम्म प्राप्त विवरणअनुसार बाढीबाट ५८३ वटा बीमालेख प्रभावित भएका छन्। ती बीमालेखबाट कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको हो।

कम्पनीगत रूपमा सबैभन्दा ठूलो प्रारम्भिक दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। कम्पनीमा ८ वटा बीमालेखबाट १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ बीमालेखबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा १०२ बीमालेखबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमालेखबाट १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यसैगरी, शिखर इन्स्योरेन्समा १२७ बीमालेखबाट १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमालेखबाट ६४ करोड ७८ लाख २० हजार रुपैयाँ र नेको इन्स्योरेन्समा ६६ बीमालेखबाट ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ बीमालेखबाट २४ करोड २३ लाख २७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३२ बीमालेखबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २६ बीमालेखबाट १८ करोड ७३ लाख ४ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

एनएलजी इन्स्योरेन्समा २१ बीमालेखबाट ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ बीमालेखबाट ३ करोड १२ लाख ८ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ बीमालेखबाट ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २ बीमालेखबाट ५३ लाख ३५ हजार रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्समा १ बीमालेखबाट ५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा २० अर्बभन्दा बढी दाबी

बीमालेखको प्रकारअनुसार हेर्दा सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। यस शीर्षकअन्तर्गत ५२ वटा बीमालेखबाट २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यस्तै, सम्पत्ति बीमातर्फ ११३ बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ, मोटर बीमातर्फ ३१३ बीमालेखबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ र परिवहन बीमातर्फ ४७ बीमालेखबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यसैगरी, अन्य बीमाअन्तर्गत ५४ बीमालेखबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत ४ बीमालेखबाट ४१ लाख ६० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*