आज चार प्रदेशका हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना

१८ भाद्र २०८३, बिहीबार ०८:५०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । केही हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागको पूर्वानुमान छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश र कोशीका तराई क्षेत्रमा थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीसमेत चल्न सक्ने पूर्वानुमान गरिएको छ । दिउँसो बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ ।

आज रातिसमेत देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायम रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रमा केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा वर्षा र हिमपात हुन सक्नेछ ।

राति पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा तराईका केही क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको छ । कोशी र बागमतीका हिमाली तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको अनुमान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*