बागमती प्रदेशका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा

१८ भाद्र २०८३, बिहीबार १३:५५

काठमाडौं ।  बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले चेपाङ जातिले मनाउने न्वागी ९छोनाम० पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*