त्रिशूली–३ ए जलविद्युतको सुरुङमा १० दिनदेखि फसेका एकजनाको जीवितै उद्धार
१९ भाद्र २०८३, शुक्रबार ०९:२०

काठमाडौं । नुवाकोटको त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनदेखि फसेका एकजना व्यक्तिको जीवितै उद्धार गरिएको छ।
उक्त हाइड्रोपावरको सुरुङभित्र कैयौं मानिसहरू फसेको र जीवितै हुनसक्ने ठानिएपछि उद्धार कार्य तीव्र बनाइएको थियो। सोही क्रममा सुरुङ भित्रबाट मानिसको आवाज आएपछि उद्धार कार्यलाई अझ तीव्र बनाइएको थियो।
यसै क्रममा आज एकजना व्यक्तिको १० दिनपछि जीवितै उद्धार गरिएको हो। त्यहा फसेका अन्य व्यक्तिहरूलाई पनि उद्धार गर्न प्रयास भइरहको छ।









