सुरुङबाट अर्का एकजनाको पनि जीवितै उद्धार
१९ भाद्र २०८३, शुक्रबार ०९:४४

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका अर्का एकजनाको पनि जीवितै उद्धार भएको छ।
केही समय अघि एकजनाको जीवितै उद्धार गरिएको थियो भने योसँगै उक्त सुरुङबाट जीवितै उद्धार हुनेको संख्या २ जना पुगेको छ।
उक्त सुरुङमा कैयौं व्यक्तिहरू फसेको हुन सक्ने आशंकामा उद्धार कार्यलाई अघि बढाइएको थियो। यसैक्रममा १० दिनपछि भित्रबाट मानिसहरूको आवाज आएपछि उद्धार कार्यलाई थप तीव्र पारिएको थियो।









