दुई जनाको जीवित उद्धारपछि त्रिशूली–३ ‘ए’ सुरुङमा एक जनाको भने शव फेला

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा खोजी गर्ने क्रममा एक व्यक्तिको शव फेला परेको छ। यसअघि सोही सुरुङबाट दुई जनालाई सकुशल बाहिर निकालिएको थियो।
सुरक्षाकर्मीले सुरुङभित्रबाट शव बाहिर ल्याएका हुन्। मृतकको परिचय भने खुल्न बाँकी रहेको छ। टो
सुरुङमा फसेका आयोजनाका कर्मचारी तथा प्राविधिकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले यसअघि विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरेको थियो। दुवै जनाको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ।
सेनाका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ।
नेपाल विद्युत् प्राधिकरणले आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरेको छ। तीमध्ये अधिकांश विद्युत् गृहभित्रै रहेको आशंका गरिएको छ।









