अविरल वर्षापछि बाजुराको बडीमालिकामा पहिरो, सात घर–गोठमा क्षति

२१ भाद्र २०८३, आईतवार १०:५५

काठमाडौं । बाजुराको बडीमालिका नगरपालिकामा अविरल वर्षापछि खसेको पहिरोले सात वटा घर तथा गोठमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति ८ बजेदेखि परेको अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा बडीमालिका नगरपालिका–८ कोठ्याराका नरे रावल तथा वडा नम्बर ९ का करे थापा र दिपक बिकको घरमा क्षति पुगेको हो ।

पहिरोले वडा नम्बर ९ कै मोती ओखेडा, धनबहादुर बिक, जंग ओखेडा र तुले लुहारको गोठमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

पहिरो घर तथा गोठमा खस्दा खाद्यान्न, लत्ताकपडा र पशुचौपायामा क्षति पुगेको छ । वर्षा नरोकिएकाले पहिरो प्रभावित क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*